बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु. तीन अर्ब १९ करोड छ लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८० दशमलव २९ प्रतिशत संकलन भएको हो ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को छ महिनाको अवधिमा रु. तीन अर्ब ९७ करोड ३७ लाख ७२ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा रु. तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व संकलन भएको छ । यही साउनदेखि पुस महिनासम्मको अवधिमा अन्तःशुल्क तर्फ रु. एक अर्ब ८३ करोड ९३ लाख १८, आयकरतर्फ रु. ५६ करोड ८१ लाख १५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु. ४२ करोड ५९ लाख ८३ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ३० करोड ३५ लाख ७५ हजार, ब्याजकर तर्फ रु. चार करोड ४३ लाख ८८ हजार र बहालकर तर्फ रु. ९२ लाख ४२ हजार राजस्व संकलन भएको प्रमुख सुवेदीले बताए ।
यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सो अवधिको तुलनामा रु २८ करोड भन्दा बढी राजस्व संकलन भएको हो । अघिल्लो आव २०८०/८१ को सो अवधिमा रु. चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ७० दशमलव ७५ प्रतिशत अर्थात् रु. दुई अर्ब ९३ करोड १३ लाख ६३ हजार राजस्व संकलन भएको थियो ।
प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ मा रु. आठ अर्ब ४४ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्य अभिवृद्धि तर्फ पाँच हजार आठ सय ४९, अन्तःशुल्कतर्फ एक हजार पाँच सय ९८, विथहोल्ड तर्फ सात सय ११ र व्यक्तिगततर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन् ।
पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइ जस्ता कारणले अघिल्लो आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । नेपाली बजारमा आइतबार सुनको मुल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि...
काठमाण्डौ । प्राविधिक ज्ञानको कमीका कारण दुर्घटना भएको छ । पोखरामा भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमीका कारण भएको विज्ञहरुले बताएका हुन । पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा...
ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र...
काठमाडौं । बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिकामा भएको उक्त दुर्घटनामा चालकको मृत्यु भएको हो । दुर्घटनामा परि गुल्मीको इस्मा गाउँपालिका–३ का ४७...