भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

रानीकोट, लाकुरीभन्ज्याङ, गोदावरी र फुल्चोकीको पर्यटनमा नयाँ आयाम

रानीकोट, लाकुरीभन्ज्याङ, गोदावरी र फुल्चोकीको पर्यटनमा नयाँ आयाम

काठमाडौं । भक्तपुर,ललितपुर र काभ्रे जिल्लाको संगम रानीकोटलगायतका पर्यटकीय क्षेत्रमा आउँने पर्यटकका लागि नयाँ आयाम थपिएको छ । वन तथा वातावरण मन्त्रालयले ललितपुर र काभ्रेमा पर्ने वन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेसंगै भक्तपुर, ललितपुर र काभ्रेको संगम रानीकोट, ललितपुरको लाकुरीभन्ज्याङ, फुल्चोकीलगायतका पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिएको हो । गोदावरी, फुल्चोकी वन संरक्षण क्षेत्र घोषणा गरिएसंगै पर्यटन व्यवसायीहरु पनि खुशी देखिएका छन् ।

पश्चिममा ललितपुरको गोदावरी नगरपालिका वडा नं ४ र ५ मा पर्ने जयभद्रे सामुदायिक वनदेखि पातलेछाप सामुदायिक वन क्षेत्रअन्तर्गतको राष्ट्रिय वन र निजी आवादी जग्गाको सिमानासम्मको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्रलाई संरक्षण क्षेत्र कायम गरिएको छ । पूर्वमा ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको पूर्वी सिमानादेखि काभ्रेको ५०.५३ हेक्टर राष्ट्रिय वन क्षेत्र पर्ने गरी काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ र २ अन्तर्गत फुल्चोकी डाँडादेखि भर्याङ खोल्सी र पानीघाट खोल्सी हुँदै काभ्रे र ललितपुर जिल्लाको सिमानाको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्र कायम गरिएको छ ।

यता चरा संरक्षण क्षेत्र घोषणामा नेपालकै पहिलो नगरपालिका काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले आफ्नो परिचय बनाएको छ । पर्याप्त प्रचार–प्रसारको कमी र सरोकारवाला निकायको बेवास्ताका कारण चराहरु मासिदै गएपछि त्यसको संरक्षणका लागि नगरपालिकाले २०७७ पुष २८ गते चरा संरक्षण क्षेत्र घोषणा गरेको थियो ।

लोपउन्मुख अवस्थामा रहेको काँडे भ्याकुर पनौतीको जंगल र रानीकोट क्षेत्रमा धेरै पाईने भएकाले यहाँ रहेका २८० प्रजातीका चरालाई संरक्षण गर्न सकिने जनाइएको छ । आन्तरिक र वाह्य पर्यटकको आकर्षण बनेको यस क्षेत्रमा चराको संरक्षण र वन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेपछि पर्यटन प्रवद्धनमा थप टेवा पुग्ने देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.