भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

राष्ट्रियसभामा महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन प्रस्तु

राष्ट्रियसभामा महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन प्रस्तु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधका बीच महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

उक्त प्रस्ताव प्रधानमन्त्रीका तर्फबाट मन्त्री कार्कीले प्रस्तुत गर्नुभएको हो । यसअघि बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असोज २४ गते दिनको २ः०० बजे बस्नेछ ।

 


Thali Mobile Pvt.Ltd.