भर्खरै : Sorry, your browser does not support inline SVG.

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने छ ।

सुरुमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ ।

त्यसपछि राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सभाध्यक्षले सदस्यहरुको नाम मनोनयन गर्ने छन् ।

यस्तै, आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५/७६ देखि ७७/७८को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मुल्यांकन प्रतिवेदन २०७९ संसदमा पेश गर्ने संसद सचिवालयले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.