भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रित्तिएको गाउँलाई फेरि पुरानै स्वरुप दिने सङ्कल्प

रित्तिएको गाउँलाई फेरि पुरानै स्वरुप दिने सङ्कल्प

दमौली, । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ तपरगाउँका युवा व्यवसायी दिपेन्द्र पौडेलले गाउँ फर्किएर रिसोर्ट सञ्चालन गर्नुभएको छ । दुलेगौडा बजारमा अफसेट प्रेस सञ्चालन गर्दै आउनुभएका पौडेलले गाउँ छाडेको १७ वर्षपछि पुनः गाउँ फर्किएर टपरी रिसोर्ट सञ्चालन गर्नुभएको हो । उजाडिएको गाउँमा सम्भावना देखेर पौडेलले रिसोर्टमा रु ५० लाख लगानी गरेको बताए । पूर्वाधार थप गर्न बाँकी नै रहेकाले लगानी बढ्ने उनले जानकारी दिए ।

सुविधा खोज्दै सहर पस्दा गाउँ रित्तिएको र रित्तिएको गाउँलाई फेरि पुरानै स्वरुप दिने सङ्कल्प बोकेको पौडेलले बताए । “बस्ती रित्तिएर गाउँघर उराठ लाग्ने भएको थियो, घरहरू भत्कँदै थिए । बारी बाझिएर जङ्गल बन्दैथ्यो”, उनले भने, “गाउँको सम्भवानालाई उजागर गर्न सक्नुपर्छ भनेर गाउँ फर्किएर रिसोर्ट सञ्चालन गरेको हुँ ।” युवाहरू सहर केन्द्रित हुने नभई गाउँमै सम्भावनाको खोजी गर्नुपर्ने पौडेलले बताए ।

सहरको कोलाहल र धुवाँधुलोबाट मुक्त हुँदै आनन्द लिनका लागि रिसोर्ट उपयुक्त हुने विश्वास गरिएको छ । पृथ्वीराजमार्गस्थित शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा छ किमी दूरीमा रिसोर्ट पुग्न सकिन्छ । पौडेलले पुख्र्यौली पाँच रोपनी जग्गामा रिसोर्ट सञ्चालन गर्नुभएको छ । रिसोर्टमाा स्थानीय अग्र्यानिक उत्पादनलाई बढावा दिइने बताइएको छ ।

यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यले पर्यटकलाई लोभ्याउने पौडेलले बताए। रिसोर्टको पूर्वाधार थपसँगै अब अग्र्यानिक उत्पादनमा जोड दिने पौडेलले बताए । “त्यसका लागि २०० रोपनी जमिनमा अग्र्यानिक तरकारी खेती गर्ने तयारी गरेको छु, तरकारी खेतीका लागि अन्य दुई साथीसँग सहकार्यको तयारी भइरहेको छ”, उनले भने।

पढाइ, जागिर र सुविधा खोज्दै सहर झर्नेको लर्कोले गाउँ रित्तिदै गएका बेला आफू गाउँ फर्किएको बताउँदै पौडेलले भने, “गाउँको एक दर्जन परिवारले थातथलोलाई चटक्कै माया मारेर सुविधा भएको ठाउँ रोजे । वर्षौँदेखि रित्तिएको गाउँका घर ढले, खेतबारी बाझिए । गाउँ छाड्ने लहर चलिरहेका बेला उकालो चढेर रित्तिएको बस्तीमा फर्कने चेष्टा गरेको छु”, उनले भने ।

 


Thali Mobile Pvt.Ltd.