भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

रुकुमबाट माओवादी केन्द्रले खाता खोल्यो, घर्ती निर्वाचित

रुकुमबाट माओवादी केन्द्रले खाता खोल्यो, घर्ती निर्वाचित

रुकुम । रुकुम पूर्वबाट नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २ सय ६२ मतका साथ निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतले हराउदै घर्तीमगर विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार मल्लले ५ हजार २ सय २१ मत प्राप्त गरे । लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका घर्तीको संघीय संसदमा पहिलो प्रवेश हो ।

प्रदेश सभा १ मा स्वतन्त्र उम्मदवार सुरुल पुन ४ हजार ४ सय ६५ मतका साथ विजयी भएका छन् । उनले तेजबहादुर वलीलाई ५ सय ३३ मतान्तरले पराजित गरेका हुन ।

वलीले ३ हजार ९ सय ३२ मत प्राप्त गरेका छन् । प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका धनवहादुर केसी ४ हजार ८ सय ६२ मतका साथ विजयी भएका छन् ।

गठबन्धनका साझा उम्मेदवार केसीले स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६ सय १८ मतान्तरले हराएका हुन् ।

स्वतन्त्र उम्मेदवार खड्काले २ हजार २ सय ४४ मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.