भर्खरै : Sorry, your browser does not support inline SVG.

ललितपुरको नापी कार्यालयबाट घुससहित ३ जना पक्राउ

ललितपुरको नापी कार्यालयबाट घुससहित ३ जना पक्राउ

काठमाडौं । ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित रंगेहात पक्राउ परेका छन् ।

नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी २ लाख ५० हजार घुससहित पक्राउ परेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले उनीहरूलाई नापी कार्यालयबाट पक्राउ गरेको हो ।

घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । अहिले तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.