भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप

ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप

ललितपुर । स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । कोभिड–१९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक्ने छन् । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भन्नुभयो, “आउँदो सोमबार अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप पनि लगाउने तयारी भइरहेको छ ।”

यसैगरी गोदावरी नगरपालिकामा ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं ‘क’ र ‘ख’ वर्गमा परेका अपाङ्गता भएकालाई खोप लगाइने नागरपालिकाले जनाएको छ । महालक्ष्मी नगरपालिकामा भने सो उमेर समूहका कोभिडविरुद्धको पहिलो मात्राको भेरोसेल लगाउन छुटेका नागरिकलाई बिहीबारदेखि आजसम्म खोप उपलब्ध गराइएको छ । त्यसैगरी दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा भने आउँदो आइतबार र सोमबार खोप लगाइने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.