विराटनगर । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिनाका चालकले चलाएको मोटरसाइकल दुर्घटना हुदा वृद्धाको मृत्यु भएको छ।
दुर्घटनामा महानगरपालिका–१५ की ६५ वर्षीया वृद्धा महिला विखियादेवी साहको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा साह गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारका क्रममा राति १० बजेतिर न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । झमेली चोकस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ६३३२ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेकी वृद्धालाई ठक्कर दिएको थियो । प्रहरीले मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–७ का २२ वर्षीय विक्रम साहलाई पक्राउ गरेको छ।
