काठमाडौं । पर्यटन प्रवद्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै लिम्चुङबुङ गाउँपालिकाले पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिर्साेट रानीकोट भक्तपुरका संचालक रामसुन्दर बकेलाई गाउँपालिकाको पर्यटन सल्लाहकार नियुक्त गरेको छ । उदयपुर जिल्लाको बाराहा स्थित लिम्चुङबुङ गाउँकार्यपालिकाको नवौं बैठकले बकेलाई सल्लाहकारमा नियुक्त गरेको हो ।
नियुक्त पत्रमा भनिएको छ ।
पर्यटनको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकाको पर्यटन विकासको माध्यमद्वारा रोजगारी सिर्जना गरेर हरेक पालिकावासीलाई धनी बनाउने दीर्घकालिन सोच लिएको लिम्चुङबुङ सगरमाथा र सुर्योदयको दृश्यअवलोक गर्ने सबै भन्दा राम्रो ठाउँमा अवस्थित छ।
लिम्चुङबुङ महान जनताले देखेको पर्यटन विकासको सपना र सम्भावनालाई व्यवहारिक रुपमा साकार पार्न गाउँपालिकाको नवौं कार्यपालिकाको बैठकले तपाई श्री राम सुन्दर बके ज्यूलाई पर्यटन सल्लाहकारको रुपमा ऐतिहासिक र महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेको छ ।
हामीलाई विश्वास छ यहाँको कार्यकाल लिम्चुङबुङ पर्यटन विकासको लागि एक कोशेढुङ्गा सावित हुनेछ । यहाँलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकाना सहित पर्यटन सल्लाहकारको नियुक्ति पत्र प्रदान गरिएको छ ।
मितिः २००९ साल माघ ०३ गते ।
मेजर कुमार राई अध्यक्ष
लिम्चुङबुङ गाउँपालिका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
पर्यटन सल्लाहकारमा नियुक्त गरेको गाउँपालिका परिवारलाई धन्यवाद दिदै सल्लाहकार बकेले पर्यटन विकासमा थप जाँगर चलाउने हौसला मिलेको बताए । ‘जे पाक्छ त्यही बिक्छ अभियान’ अन्तरगत ‘गाउँ गाउँमा होम स्टे घरघरमा रोजगार’ भन्ने नारालाई सार्थक बनाउँन टेवा पुग्ने भन्दै बकेले गाउँपालिकाको पर्यटन विकासमा सके जति पहल गर्ने बताए ।
नियुक्ति पत्र बुझ्दै पर्यटन सल्लाहकार बकेले लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राईलाई रानीकोटमा भादगाउँले टोपी र जुजु धौले स्वागत एवं सम्मानसहित पर्यटन सल्लाहकारमा नियुक्त गरेकाेमा धन्यवाद दिएका थिए ।
