भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

वडा–वडामा मतदाता शिक्षा दिइदै

वडा–वडामा मतदाता शिक्षा दिइदै

काठमाडौं । निर्वाचन कार्यालयले स्थानीय तहको समन्यवमा आज १८ गतेदेखि वडा–वडामा मतदाता शिक्षा दिइने भएको छ । मतदान प्रक्रिया र बदर मतको संख्या कम गर्नका जिल्ला जिल्लामा मतदाता शिक्षा दिन लागिएको हो ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र वडामा वडा सचिवको नेतृत्वमा रहने समितिले निर्वाचन शिक्षा दिनेछ । वडा सचिवले मतदाता शिक्षाका लागि स्वयंसेविका नियुक्ति गरी निर्वाचन शिक्षा दिनेछन् । वडा सचिव र स्वयंसेविकाले वडाको टोल तहमा पुगेर मतदाता शिक्षा दिनेछन् ।

उनीहरुले मतदान कसरी गर्ने र आफ्नो मत कसरी सुरक्षित गर्ने भन्ने विषयमा जानकारी गराउने छन् । निर्वाचन कार्यालयले अनुगमन अधिकृतहरुलाई मंगलबार प्रशिक्षण समेत दिइएको थियो । दलहरु आफैंले मतदाता शिक्षा दिन थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.