भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

विद्यार्थी र दक्ष कामदारका लागि खुल्यो अष्ट्रेलियाको सीमा

विद्यार्थी र दक्ष कामदारका लागि खुल्यो अष्ट्रेलियाको सीमा

काठमाडौं । विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी र दक्ष कामदारका लागि अष्ट्रेलियाले आजदेखी अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । प्रधानमन्त्री स्कट मोरिसन र स्वास्थ्यमन्त्री गे्रग हन्टले पुनः अन्तर्राष्ट्रिय सीमा खुला गर्ने बताएका हुन् ।

अष्ट्रेलियाली मन्त्रिपरिषद् र प्रमुख चिकित्सा सल्लाहकारको सुझाव अनुसार तत्काललाई सीमा खुला गर्ने निर्णय भएको संचारमाध्यमले जनाएका छन् ।

संघीय सरकारले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलन थालेसँगै डिसेम्बर १ देखि १५ सम्म लगाइएको सीमा बन्दलाई थप विस्तार गर्न सकिनेबारे बताएको थियो ।

अष्ट्रेलिया प्रवेश गर्न चाहनेले कोभिड–१९ विरुद्ध त्यहाँको सरकारले अनुमति दिएका खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने र पीसीआरको नेगेटिभ रिपोर्टलाई अनिवार्य गरिएको अष्टेलियाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.