काठमाडौं । विद्युतीय राहदानी सर्वसुलभ र सहज गराउन एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ । राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका लागि अवसर पाउने गरेका थिए । अब सेवाग्राहीले आफ्नो समयानुकूल योजना बनाएर इनरोलमेन्टका लागि फाराम भर्न पाउने व्यवस्था मिलाइएको छ ।
हरेक दिन एक हजार पाँच सय जनाले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा भर्न पाउने भएका छन् । थप समयमा अग्रिम बुकिङ गर्दा अर्को महिनाको थप एक दिनका लागि हुने राहदानी विभागले जनाएको छ । थप एक महिनाको अवधि थप गर्दै जाने विभागले जनाएको छ ।
अहिले जस्तो एउटै समयमा फाराम भर्न कुर्नु नपर्ने विभागका महानिर्देशक सुरेन्द्र यादवले सेवाग्राहीले बताए । उनले भने, ‘अब आरामसँग फाराम भरेर आफूले चाहेको मितिमा इनरोलमेन्टका लागि आउँदा हुन्छ।’ एक महिनाका लागि अग्रिम फाराम भर्नका लागि पहिलो दिन सोमबार अपरान्ह साढे ३ बजे खुलाइयो ।
माघ १७ गतेदेखि भने जुनसुकै समयमा भर्न सकिने गरी अग्रिम बुकिङका लागि सर्भर खुला रहने जानकारी दिए । दिउँसो भ्याइएन भने राति १० बजे अनलाइन बसेर पनि विद्युतीय राहदानीको फाराम भर्न सकिनेछ । यसरी अनलाइन फारामको समयावधि एक महिना गराइसकेपछि तोकिएको मितिमा मात्र सेवाग्राहीले विभाग परिसरमा पाइला टेक्दा हुने नीति विभागले लिएको छ ।
अब हरेक जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले पनि आफ्नो प्राविधिक क्षमताअनुसार अनलाइन फाराम अग्रिम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । अहिलेसम्म हुँदै आइरहेको अचाक्ली भीडभाड र अस्तव्यस्तताको अन्त्य हुने दाबी विभागले गरेको छ ।
विभागको अनलाइन प्रणालीमा गरिएको सुधारका कारण यो अभ्यासले सहज सेवा पहुँच हुनेछ तर विगतको जस्तो सबैजना एकै पटक एउटै समयमा अनलाइन फाराम भर्न बसेको खण्डमा भने सर्भरमा बढी चाप भएर समस्या आउन सक्छ । महिनाको चार हजार जनाले फाराम भर्न सक्ने छन् ।
यसले बिचौलियालाई फाराम भर्नकै लागि अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यताको पनि अन्त्य हुने विभागले जनाएको छ । जिल्लाको सेवासुविधा विस्तारका लागि गृह मन्त्रालयसँग समन्वय गरेर क्षमता बढाउन विभागले अनुरोध गरेको छ । अत्यावश्यक परेकालाई कागजात हेरिदिने र आवश्यकबाहेकको शुल्क कसैलाई पनि नतिर्न विभागले अपिल गरेको छ । विभागले हरेक दिन छ हजार विद्युतीय राहदानी छपाइ गर्दै आएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...
सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...
मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...
हुम्ला । हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो। सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा...