भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

विपद् जोखिमबाट जोगिन सदा तत्पर रहनुपर्ने : मेयर प्रजापति

विपद् जोखिमबाट जोगिन सदा तत्पर रहनुपर्ने : मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विपद् जोखिम अप्रत्यासित रुपमा आइपर्ने र काबु बाहिरको परिस्थिति भएकाले यसबाट जोगिन सदा तत्पर रहनुपर्ने बताएका छन् । भनपाका जनप्रतिनिधि र कर्मचारीहरुको लागि २ दिने विपद् व्यवस्थापनसम्बन्धी तालिमको बुधबार उद्घाटन गर्दै मेयर प्रजापतिले उक्त कुरा बताएका हुन ।

भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रण र रोकथामको लागि गरेको व्यवस्थापन उत्कृष्ट भई बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट विपद्सेवी पदकबाट सम्मान गरिएको स्मरण गर्दै कोभिडकै समयमा जनताको सहयोगबाट अक्सीजन प्लान्ट स्थापना गर्न सफल भएको मेयर प्रजापतिले जानकारी दिए । उनले नगरबासीहरुलाई निःशुल्क अक्सीजन वितरण गरिरहेको जानकारी दिदै “विपद्बाट भाग्ने होइन यसबाट नयाँ कुरा सिक्नुपर्छ” भन्दै उनले वपद्सम्बन्धी पूर्वतयारी र विपद्बाट जोखिगन सँधै तत्पर रहन बलियो संरचना निर्माण गर्नुपर्ने बताए ।

नगरस्तरीय विपद् व्यवस्थापन समिति विपद्को समयमा सक्रिय हुन र विपद्लाई रोकथाम गर्नका लागि तत्पर रहन विपद् व्यवस्थापन तालिम प्रदान गरी जनशक्ति तयार गरिरहेको जानकारी गरिएको उनले जानकारी दिए । नगरपालिकाले भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्न डकर्मी तालिम तथा विपद् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको बताए । कार्यक्रम उपप्रमुख रजनी जोशीले विपद् कुनै पनि समय र कुनै पनि स्वरुपमा आउन सक्ने भएको हुँदा संरचना निर्माणमा भवन आचारसंहिता अनिवार्य रुपमा पालना गर्नुपर्ने बताइन ।

बाढी,पहिरो, आगलागि, महामारीको रुपमा फैलिने रोगहरुबाट हुने धनजनको क्षतीबाट बच्न नगरबासीहरुलाई सचेत र शिक्षित बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा गर्दै आएका कार्यहरुको संक्षिप्त जानकारी दिदै देशभरीमा शिशुस्याहारदेखि कलेजसम्म सञ्चालन गर्दै १०० शैयाको अस्पताल सञ्चालन लगायत नियमित रुपमा खोप, शिविरहरु, स्काउट तालिम र जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको उनले बताइन ।

दुई दिनसम्म सञ्चालन हुने विपद् जोखिम व्यवस्थापन तालिममा पहिलो दिनको प्राविधिक सेसन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत सन्तोष कुमार खत्रीले सञ्चालन गरेका थिए भने डा. राजु थापा र अनिरुद्र नेपालले तालिममा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । तालिम कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरु गरी ४५ जनाको सहभागिता रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.