भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

विश्वको साताैं आश्चर्यका रुपमा रहेकाे ताजमहल घुम्दा मनै हररः माया गिरी

विश्वको साताैं आश्चर्यका रुपमा रहेकाे ताजमहल घुम्दा मनै हररः माया गिरी

सुन्दरनगरीका रुपमा परिचित विश्वको आश्चर्यका रुपमा लिएको ताजमहल हेर्न निकै आतुर थिएँ । एकपटक होइन, पटक पटक यहाँ जाने योजना बनेकाे थियो । तर समय मिलिरहेको थिएन । यसपालि भने आइतबारका दिन यहाँ जाने मौका मिल्यो । मेरो परिवारका अन्य सदस्य भारतमै रहेकाले त्यहाँ जानलाई सजिलो हुने भएकाले त्यो सुन्दर ठाउँ जाने निर्णय भयो । हामी चारजना बिहान उठेर तयारी भयौं । गाडी आफ्नै भएकोले हामीलाई सहज भयो । हाम्रो यात्रा ताज तिर अघि बढ्यो ।

हाम्रो यात्रा नोयडाबाट सुरु भयो । आग्रामा पर्ने ताजमहल पुग्नलाई दुई घण्टा लाग्दोरहेछ बाटोमा निकै रमाइलो गर्दै फराकिलो सडक, चारैतीर हरियाली, सुन्दर फाँटहरु नियाल्दै हामीले गाडी दौडायौं । आहा ! कति राम्रा फुलहरु फुलेको, हरिया रुखहरु निकै रमाइलो भयो । बाटो भरी ठाउँ ठाउँमा खाना र खाजा खाने होटलहरुको व्यवस्था । हामीले त्यो वातावरण हेर्दा भोक पनि हरायो । तर खाजा त खानै प¥यो । एक होटेलमा छिरेर हामीले खाजा खायौं र त्यहाँ एकछिन विश्राम ग¥यौं ।

थकान मेटेपछि हामी त्यहाँबाट निस्कियौं । अब ताजमहल पुग्न आधा घण्टा बाँकी थियो । मनमा खुल्दुली लाग्यो । कस्तो होला ताज महल ? कसरी बनायो होला ? यही कुरा सोच्दा सोच्दै ताजमहल नजीक गएर हाम्रो गाडी रोकियो । गाडी पार्किङ्ग गर्दैगर्दा हामीलाई मान्छेहरुले घेर्न थाले । हामी पहिलो पटक भएकाले थाहा भएन । के गर्ने कसो गर्ने र कसरी जाने भन्ने कुरा । ति मान्छेहरुले भन्न थाले रिक्सा र गाइड गर्ने मानिस चाहिन्छ भने । सायद चाहिन्छ होला भनेर हामीले गाईड र रिक्सा लियौं ।

रिक्सामा १० मिनेट लाग्ने रहेछ । अलिकति हिडेपछि टिकट लिने ठाँऊ आयो । टिकट लियौं । भारतीयहरुलाई ७० रुपयाँ र बाहिरका मानिसलाई ५०० रुपैयाँ शुल्क लिने रहेछ । मैले ५०० तिरेर टिकट लगे । रिक्सालाई भित्र जान दिने रहेनछ त्यही बाटोमा पार्क गरेर गाइडसहित हामी चेकिङ्गमा गयौं । अति राम्रो ठाउँ सुरक्षीत रुपमा पर्यटकलाई साथ दिदा रहेछन् । पर्यटक सुरक्षा गार्डले सुरक्षितसंग भित्र पठायो । हामी भित्र प्रवेश गरीसकेपछि गाइडबाट ताजमहलका बारेमा जानकारी पाइयो ।

यो १६४८ मा निर्माण भएको रहेछ ताजमहल । २४० फिटमा फैलिएको रहेछ । जताबाट हेर्दा पनि एकै किसीमको देखिने यो अति सुन्दर छ । गाइडका अनुसार ताजमहल भारतको आगरा शहरमा अवस्थित छ । यसलाई विश्वको सबैभन्दा ठूलो आर्किटेक्चर कृतिका रुपमा मानिन्छ । सात आश्चर्यको रूपमा सूचीबद्ध गरिएको यो ताज महलमा हरेक वर्ष चारदेखि छ लाखसम्म पर्यटकहरु भ्रमण गर्न आउँदा रहेछन् । चाखलाग्दो, कुरा आगन्तुकहरू यहाँ आएपछि रमाउने गर्दछन् । विदेशी भूमिबाट आएकाहरु यहाँ पुग्नेवित्तिकै विशाल छाति बनाउँछन् ।

यसलाई युनेस्कोले विश्व विरासत स्थलका रूपमा नामित गरेको छ । ताजमहल मुगल सम्राट शाहजहां (१६२८–१६५८) द्वारा फारसी राजकुमारी मुमताज महल, उनकी प्रिय र अतिसुन्दरी तेश्रो पत्नी थिइन् । उनकै सम्मानस्वरुप बनाइएको रहेछ । उनको चौथो सन्तानको असरले गर्दा १६३२ मा मृत्यु भएको थियो । शाहजहले त्यो क्षती कहिल्यै बिर्सन सकेनन् । उनले आफ्नो ऊर्जा डिजाइनर र सबैभन्दा सुन्दर चिहानको निर्माणमा यमुना नदीको दक्षिणी किनार यसको लागि छनोट गरे ।

ताजमहल परिसर निर्माण गर्न दश दशक भन्दा बढीसमय लागेको भनेर गाइडले भने । सेतो संगमरमरको पत्थर (बहुमूल्य रत्न)ले निर्माण भएको छ । ढुङ्गाले छेउको काम भनिने नाजुक भित्री स्क्रिनमा गाँसिएको दृश्यले आगन्तुकहरूले अर्को कक्षमा सहजै देख्न सक्दछन् । अमूर्त डिजाइनमा पेंटिंग लगाएका पर्खालहरू छन् । यस्तो अविश्वसनीय काम गर्ने कलाकारहरूले अस्तु अहमद लाहौरीको नेतृत्वमा आर्किटेक्टको सम्पूर्ण समितिले निरीक्षण गरेका रहेछन् ।

आधुनिक मूल्यलाई दाँज्ने हो भने यसको मूल्य लगभग ५३ अरब रुपैयाँ हुन आउने जानकारी पाइयो । ताजमहल विश्वको सबैभन्दा सुन्दर भवनहरू मध्ये एक हो । जसले मुस्लिम भूमिबाट वास्तुकला तत्वहरूको संयोजन गरेको छ । शाहजहां मुगल राजवंशको सदस्य थिए । उनको परिवारले भारतमा १५२६ देखि १८५७ सम्म शासन गरेका रहेछन् । ताज महलको रोचक र नाटकीय इतिहास छ । एक भन्दा बढी शताब्दीमा एक पुरुष र एक महिला बीच, शुद्ध कोमल र बफादार प्रेमको अवतारका रुपमा छ ।

अद्भुत कलाले सजिएको ताजमहल भारतको प्रतीक पनि हो । यसको मुख्य आकर्षण दुनिया भरका पर्यटक यहाँ देख्न सकिन्छ । यो बनाउनुको कारण राजाले आफ्नी रानीको यादमा बनाएका रहेछन् । रानीको इच्छा अनुसार नै बनाएका रहेछन् । म मरे भने मेरो यादमा यहाँ एक सुन्दर महल बनाउनु है भनेपछि रानीको मृत्यु पश्चात यो निर्माण गरिएको रहेछ । रानीको नाम मुमताज भएकाले उनकै नाम राखेर मुमताजमहल राखेका रहेछन् ।

राजाले रानीको सम्झनामा बनाएको यस्तो उपहार आज भारतको मात्रै नभएर दुनियाँको एक अद्भुत स्मारक बन्न पुगेको छ । सायद माया गर्ने जोडीहरुका लागि त यो एक अमिट छाप छोड्न सफल भएको छ । राजाको मृत्यु भएछपछि साँचो माया अमर हुन्छ भन्ने कुरालाई पनि यसले देखाउँछ । ताजमहलको वरीपरी हामी रमाउन पुग्यौं । जीवनमा भोगेका दुःख, दर्दहरु भूल्न सफल भयौं ।

यो ठाउँ एकपटक पुग्नै पर्ने ठाउँ रहेछ । कृतिम तरिकाले बनाएका यस्ता आश्चर्यहरु नेपालमा भने प्रकृतिले नै उपहार स्वरुप दिएको छ । हाम्रो सरकारले पनि ति प्रकृतिका वरदानहरुको संरक्षण र सम्वद्र्धन गरेको भए सायद संसारभरीकै मानिसहरु यहाँ आउने थिए कि ? (माया गिरी दिल्ली)

 

 

 


Thali Mobile Pvt.Ltd.