भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

विश्वासको मतले नयाँ उर्जा प्राप्त भयोः प्रधानमन्त्री प्रचण्ड

विश्वासको मतले नयाँ उर्जा प्राप्त भयोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अभूतपूर्व विश्वासको मत दिएपछि उर्जा प्राप्त भएको बताएका छन् । पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले उनलाई विश्वासको मत प्राप्त भएको थियो ।

नेकपा माओवादी केन्द्र निकट जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तक लोकर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने, ‘‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो ।

नेपाली राजनीतिमा यो असाधारण परिघटना हो । करिब राष्ट्रिय सहमति नै भयो । यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु । सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ ।’

पुस्तकको चर्चा गर्दै प्रचण्डले दाइको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको बताए । ४६ वर्षपछि गोरखाबाट निर्वाचित भएका प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास पहिलो प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री चीनकाजी श्रेष्ठ लगायतले पनि सम्वोधन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.