भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द |

विश्वासको मत लिने समय पर धकेल्दै आलोपालो सरकार चलाउने प्रदेश १ को रणनीति

विश्वासको मत लिने समय पर धकेल्दै आलोपालो सरकार चलाउने प्रदेश १ को रणनीति

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने समय साताका लागि पर धकेलिएको छ । गठबन्धन र सत्तारुढ एमाले कै माग अनुसार प्रदेशसभा बैठक स्थगित गरिएपछि विश्वासको मत लिने समय पर धकेलिएको हो । आइतबार बोलाइएको बैठक कात्तिक १५ गतेसम्मलाई स्थगित गरिएको छ।

आचार्य नेतृत्वको सरकार अहिले अल्पमतमा परेको छ। शुक्रबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका मुख्यमन्त्रीले असोज २५ गते संसद सचिवालयमा दर्ता गराएका थिए । प्रदेशमा गठबन्धन दलका तर्फबाट सरकार सञ्चालन गर्दा आलोपालो हुनुपर्ने माग नेपाली कांग्रेसले अघि सारिरहेको छ। कांग्रेसले अबको सरकारमा प्रदेशको मुख्यमन्त्रीका लागि आलोपालो खोजेको एक साँसदले बताए ।

आलोपालोकै लागि सहमति गर्नलाई मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिने कार्यक्रम स्थगित गर्नुपर्ने अवस्था आएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नयाँ विकल्पलाई बताए। बागमतीमा जस्तै प्रदेश १ मा पनि कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०बीच आलोपालो मुख्यमन्त्री हुनुपर्ने माग कांग्रेसले राखेको उनको भनाइ छ।

केन्द्रको सहमति अनुसार प्रदेश १ मा सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने तयारी छ । सत्तारुढ एमाले विभाजन भएकाले मुख्यमन्त्री आचार्यले संसदबाट विश्वासको मत लिन लागेका हुन्। बहुमत पुर्‍याउनका लागि सांसद संख्या पर्याप्त नभएका कारण उनले विश्वासको मत पाउने सम्भावना कमै छ।

वर्तमान मुख्यमन्त्रीले विश्वासको मत नपाएमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् भने ९२ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ मत आवश्यक पर्ने देखिएको छ । तर सत्तारुढ एमालेसँग सभामुखसहित ४१ जना मात्रै सांसद छन् भने विपक्षी गठबन्धनसँग ५० सांसद छन् । कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र) का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन् ।

 


Thali Mobile Pvt.Ltd.