काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचलाई जारी युएस ओपन खेल्न अयोग्य घोषित गर्दै प्रतियोगिताबाट निष्कासन गरिएको छ।
न्युयोर्कमा भइरहेको युएएस ओपनको चौथो चरणको खेलमा जोकोविचले फ्याँकेको बलले दुर्घटनाबस लाइन जर्जलाई लागेको थियो। ३३ वर्षीय जोकोविच लगातार सर्भिस बिग्रिएपछि आक्रमक भएका थिए। स्पेनका पाब्लो कारेनोविरुद्धको खेलमा ६ ५ ले पछि परेको अवस्थामा घटना घटेको थियो। उनले खेलका क्रममा आफ्नो खल्तीमा रहेको बल निकालेर पछाडि पट्टी फ्याँकेका थिए।
जुन बलले लाइन जर्जलाई लागेको थियो । बलले महिला जर्जको घाँटीमा लागेको थियो। लाइन जर्जलाई बल लागेपछि खेल रोकिएको थियो । त्यसक्रममा लामो छलफल भएको थियो भने जोकोविचलाई अयोग्य घोषित गरिएको थियो । युएस टेनिस संघले जोकोविचले ग्रान्डस्लामको नियम तोडेको तथा उनले जानाजान हानेको बलले जर्ज घाइते हुन सक्ने अवस्था भएकाले निष्कासन गरिएको जनाएको छ।
