कृषि औजार कारखानाबाट राष्ट्रिय आविष्कार केन्द्रले बनायो कुटो र कोदालो

कृषि औजार कारखानाबाट राष्ट्रिय आविष्कार केन्द्रले बनायो कुटो र कोदालो

वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरुले पुनः सञ्चालनमा ल्याउन थालेको कृषि औजार उत्पादनको कार्य सुरु गरेको छ । भग्नावशेषमा परिणत भएको कम्पनीको पुरानो मेसिनहरु मर्मत गरी परीक्षण गर्दा पराम्परागत कृषि औजारहरु उत्पादन गरेको हो ।

केही दिनदेखि नियमित परीक्षणका क्रममा साबेल, गैंती, कुटो, कोदालो, बञ्चरो जस्ता उपकरणहरु बनाएको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताए । उनले भने, ‘हाम्रो प्राविधिक टोलीले यहाँको पुराना मेसिनहरुको मर्मत र परीक्षण गरिरहेका छन् ।’

१० थानका हिसावले उपकरण उत्पादन भइरहेका छन् । कृषि सामग्री कम्पनी सञ्चालन गर्न सकिने र यसबाट कृषिका लागि चाहिने आधारभूत कृषि औजार निर्माण गर्न सकिने पुनले बताए ।

३१ भदौको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.