भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बालुवाटारमा ८ दल

बालुवाटारमा ८ दल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे गहन छलफल गरिने नेताहरुले बताएका छन् ।

द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएपछि माओवादी केन्द्रले व्यापक असन्तुष्टि जनाएको छ ।

न्यायाधीश ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासले शुक्रबार प्रचण्डविरुद्ध रिट दर्ता गर्न आदेश दिएको हो । १ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिनको माग गरी कारबाही गर्नुपर्ने भन्दै अधिवक्ता ज्ञानेन्द्र राज आरण लगायतले रिट लिएर सर्वोच्च अदालत गएका थिए । सोही रिटका बारेमा छलफल गर्न ८ दल अहिले बालुवाटारमा बैठक बसिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.