भर्खरै : Sorry, your browser does not support inline SVG.
हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन |

भनपाद्धारा सञ्चालित कलेज र अस्पताल अन्य प्रदेशले अनुसरण गर्नु पर्छः स्वास्थ्यमन्त्री श्रेष्ठ

भनपाद्धारा सञ्चालित कलेज र अस्पताल अन्य प्रदेशले अनुसरण गर्नु पर्छः स्वास्थ्यमन्त्री श्रेष्ठ

भक्तपुर । सवल नेतृत्व भएपछि सामाजिक क्षेत्रका सबैकाम अब्बल हुने भन्दै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले भक्तपुर नगरपालिकाको प्रसंसा गरेका छन् ।

नगरपालिकाद्धारा सञ्चालित शैक्षिक संस्था तथा अस्पतालको स्थलगत निरीक्षण तथा अवलोकन गर्नेक्रममा मन्त्री श्रेष्ठले भक्तपुर नगरको सराहनीय कार्यको देशले नै अनुसरण गर्नु पर्ने बताए । जनताको सहभागितामा सक्षम नेतृत्व प्रदान गरेको भन्दै नगरप्रमुख सुनिल प्रजापतिलाई बधाई दिए ।

देकोचास्थित ख्वप कलेज, ख्वप मावि, च्याम्हासिंहस्थित ख्वप अस्पताल, छात्ती पुनःस्थापना केन्द्र, लिबालीस्थित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको मन्त्री श्रेष्ठले स्थलगत निरीक्षणसमेत गरे । निरीक्षणका क्रममा भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाईमा देशकै नमुना र अतुलनीय योगदान गरेको बताए ।

भक्तपुरको राम्रो कार्यको प्रदेशहरुले सिक्न जरुरी रहेको बताए । ख्वप अस्पतालका लागि आवश्यक सिटी स्क्यान र एमआरआईलगायतका स्वास्थ्य उपकरणहरु सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री श्रेष्ठले आफ्नो तर्फबाट सक्दो सहयोग बताए । जनताका छोराछोरीले सस्तोमा गुणस्तरीय शिक्षा अध्यन गर्न पाउँने भएकाले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिका लागि पहल गर्ने बताए ।

संविधानमा नै समाजवाद उन्मुख भनेर भनिएको सवैलाई ज्ञात भएपनि त्यसको अनुसरन भक्तपुरको सफल नेतृत्वले गरिरहेको भन्दै असल अभ्यासहरु उदाहरणीय र अनुकरणीय भएको बताए । मन्त्री श्रेष्ठले भक्तपुरको असल अभ्यासबारे अन्य प्रदेशका अस्पताल र स्थानीय तहहरुले अनुभव आदानप्रदान गर्नुपर्ने र त्यसका लागि भक्तपुर नगरपालिकाले भूमिका खेलीदिन अनुरोध गरे ।

स्थलगत अनुगमनका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेज तथा स्वास्थ्य संस्था भ्रमण गरेकोमा मन्त्री श्रेष्ठलगायतको प्रतिनिधिमण्डललाई धन्यवाद ज्ञापन गरे ।

भक्तपुर नगरपालिकालाई हरेक विषयको परीक्षण गर्ने थलो (टेष्ट ट्युब) को रुपमा अगाडि बढाउने प्रयास नगरपालिकाले गरिरहेको जानकारी दिदै प्रमुख प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन लागेको नगरपालिकालाई सरकारले सहयोग नगरेको प्रति ध्याकाकर्षण गराए ।

निरीक्षणका क्रममा ख्वप माविका प्राचार्य प्रकाश श्रेष्ठ, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेज तथा अस्पतालबाट प्रवाहित विषयगत विशेषता, सेवा र सुविधाहरुका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्नु मुख्य उद्देश्य भक्तपुर नगरपालिकाको रहेको जानकारी गराए । निरीक्षणमा बागमती प्रदेशसभाका सांसदहरू सुरेन्द्रराज गोसाईं, सृजना सैंजु, किरण थापा, धनेश्वरी प्रजापति र शकुन्तला श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतको सहभागिता रहेको थियो ।

मन्त्री श्रेष्ठ र प्रदेश सांसदहरुलाई नगरप्रमुख प्रजापतिले नगरपालिका र कलेजले गरेका प्रकाशन र भक्तपुरको कलात्मक मयुरको झ्याल उपहार स्वरुप प्रदान गरिएको थियो ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.