भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

वैकल्पिक सडक प्रयोग गर्न ट्राफिकको अनुरोध

वैकल्पिक सडक प्रयोग गर्न ट्राफिकको अनुरोध

काठमाण्डौ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा लगातार खसिरहेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खुलाउन कठिनाइ भएको छ ।
बिहिबार दिउँसोदेखि पहिरो खसिरहेका कारण उक्त सडक खण्ड खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । पानी परिरहे शुक्रबार दिनभरि नै सडकमा समस्या हुन सक्ने भएकाले बैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ ।

दिउँसोदेखि नै अवरुद्ध भएकाले सडकमा गाडीको लामो लाइन लागेको र सयौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् । सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको भएपनि वर्षासँगै पहिरो नरोकिएकाले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको उक्त सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्ने गरेका छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले उक्त सडक खण्डमा पहिरोको जोखिम उच्च रहेको छ । नारायणगढबाट काठमाण्डौ, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएका र यात्रा गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.