भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन नसके शैक्षिक उपलब्धी नहुने

व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन नसके शैक्षिक उपलब्धी नहुने

भक्तपुर । वागीश्वरी मध्यमिक विद्यालयले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । आइतबार विद्यालयले मा शैक्षिक सत्र २०८०÷०८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा शिक्षक तालिम केन्द्र धुलिखेलका प्रमुख रुद्रहरि भण्डारीले कतिपय विद्यालयमा १० वर्षपछि फर्केर आउँदा न साइनबोर्ड हु्न्छ, न नाम नै हुन्छ ।

तर स्थानीय जनता, शिक्षक र पूर्व विद्यार्थीहरुको सहयोगी हातबाट बनेको वागीश्वरीले नमूना क्रियाकलाप गरेकै कारण बागमती प्रदेशभित्र छनोट भएका २० विद्यालयमध्ये उत्कृष्ट नमूना विद्यालयमा छनोटमा परेको बताए । उनले नयाँ जोश, जाँगर र उमंगका साथ आएका विद्यार्थीहरुले त्यसलाई कायम गर्न सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले शिक्षाबाट व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन नसके शैक्षिक उपलब्धी नहुने जिकिर गरे ।

विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा भर्ना भएका विद्यार्थीहरुलाई विद्यार्थी आचरण र विद्यालयको बारेमा जानकारी गराउन उक्त कार्यक्रमको आयोजना गरेको हो । वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ९ वडाअध्यक्ष रविन्द्र ज्याख्वले सामुदायिक शैक्षिक संस्था वागीश्वरीले समाजलाई बुद्धिजीवीकरण गर्न, प्राज्ञिक व्यक्ति तयार गर्न तथा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तयार गरिरहेको बताए ।

उनले भक्तपुरलाई देशकै शैक्षिक हब बनाउने भक्तपुर नगरपालिकाको लक्ष्यलाई वागीश्वरीले साकार पारिरहेको औंल्याए । ७७ वटै जिल्लाका विद्यार्थीहरुले उज्वल भविष्य र उच्च शैक्षिक गन्तब्यका साथै रोजगारीको प्रस्थानविन्दुका रुपमा वागीश्वरीलाई रोजेकोमा उनले खुशी व्यक्त गरे । वागीश्वरी मावि कक्षा ११÷१२ का संयोजक ज्ञानसागर प्रजापतिले डलरका लागि विदेशी दास हुनेहरु जिउँदो लास मात्रै भएको बताउँदै आफ्नो पढाइलाई स्वदेशमै सदुपयोग गर्न जोड दिए । उनले वागीश्वरीले देशका लागि आवश्यक असल र संस्कारी नागरिक तयार गरिरहेको स्पष्ट पार्दै उच्च जीपीएसँगै संस्कारको उच्चता पनि आवश्यक रहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.