भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

व्यापारीलाई दुई लाख जरिवाना

व्यापारीलाई दुई लाख जरिवाना

सुनसरी । चामलको कनिका मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई दुई लाख रुपैया जरिवाना गरेको छ ।

धरान उपमहानगरपालिकाको अनुगमन टोलीले स्थलगत रिपोर्टको आधारमा उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैयाँ जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भटटराईले बताए ।

चण्डेश्वरी कुटानी पिसानी मिलमा अनुगमन गर्दा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेको थियो । अनुगमन टोलीले तत्काल मिल बन्द गराएर मिसावट गरिएको १३ बोरा बरामद गरी उपमहानगरपालिका लगेको थियो भने ४५ बोरा बेसार मिलमै छोडेको थियो ।

मिल सञ्चालक र व्यापारीले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट गरिएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।

 


Thali Mobile Pvt.Ltd.