भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल संघीय संसद प्रनिधिसभाको बैठकमा सोमबार पनि जारी रहनेछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो। राष्ट्रियसभाको बैठक पनि सोमबार दिउँसो १ बजे बस्दैछ । राष्ट्रियसभा बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८० र ०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.