संविधानको व्यवस्थाअनुसार नै संवैधानिक नियुक्ति हुनुपर्छ ः कांग्रेस

संविधानको व्यवस्थाअनुसार नै संवैधानिक नियुक्ति हुनुपर्छ ः कांग्रेस

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा नेपालको संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मूल्य रहने जनाउँदै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्ति गर्ने सम्बन्धमा आफूलाई संलग्न गराएकामा आपत्ति प्रकट गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.