भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नियुक्तिविरुद्ध कारण देखाउन आदेश

नियुक्तिविरुद्ध कारण देखाउन आदेश

काठमाडौं । विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्ति गरिएको विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै दायर भएको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासले बुधबार कारण देखाउ आदेश जारी गरेको हो ।

विपक्षीसँग लिखित जवाफ माग गर्दै अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी कार्यविधि संशोधन गरी एकपक्षीय ढंगले नियुक्ति गरेको थियो ।

संसदीय सुनुवाइबिना नै राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई संवैधानिक निकायमा नियुक्त गरेकी थिइन् । पहिलोपटक २०७७ माघ २१ मा ३२ र दोस्रोपटक असार १० मा २० जनालाई संवैधानिक निकायमा गरिएको नियुक्ति गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.