भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

नियुक्तिविरुद्ध कारण देखाउन आदेश

नियुक्तिविरुद्ध कारण देखाउन आदेश

काठमाडौं । विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्ति गरिएको विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै दायर भएको रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासले बुधबार कारण देखाउ आदेश जारी गरेको हो ।

विपक्षीसँग लिखित जवाफ माग गर्दै अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी कार्यविधि संशोधन गरी एकपक्षीय ढंगले नियुक्ति गरेको थियो ।

संसदीय सुनुवाइबिना नै राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई संवैधानिक निकायमा नियुक्त गरेकी थिइन् । पहिलोपटक २०७७ माघ २१ मा ३२ र दोस्रोपटक असार १० मा २० जनालाई संवैधानिक निकायमा गरिएको नियुक्ति गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.