भर्खरै : Sorry, your browser does not support inline SVG.
शक्तिशाली एल निनोको चेतावनी : नेपालमा खडेरीदेखि खाद्यान्न सङ्कटसम्मको जोखिम | पैसा अभावले विश्व भ्रमण रोकियो, यात्रुलाई अलपत्र पार्ने पानीजहाज सिङ्गापुरमा नियन्त्रणमा | मिनीटिलर र उन्नत जातको प्रभाव : म्याग्दीमा रैथाने गाईगोरु पाल्ने चलन हराउँदै | काँकडभिट्टा नाकाबाट एक महिनामै ९८ करोडको अलैँची निर्यात | फ्रान्सका ७०० सुपरमार्केटमा साइबर आक्रमण, खाद्य सामग्री नष्ट भएको आरोप इरानमाथि | कृषि एम्बुलेन्सले जोड्यो हेलम्बुका किसानलाई राजधानीको बजारसँग, ३०० किलो सयपत्री बिक्रीका लागि काठमाडौँमा | हिमपात र चिसो बढेपछि २०० भेडासहित बेसी झर्दै बाजुराका किसान | दरबारमार्गको लिक्विड लाउन्जमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा |

पैसा अभावले विश्व भ्रमण रोकियो, यात्रुलाई अलपत्र पार्ने पानीजहाज सिङ्गापुरमा नियन्त्रणमा

पैसा अभावले विश्व भ्रमण रोकियो, यात्रुलाई अलपत्र पार्ने पानीजहाज सिङ्गापुरमा नियन्त्रणमा

मुख्य  बुँदा

अमेरिकी विलासी पानीजहाज ‘द ओडिसी’ सिङ्गापुरमा नियन्त्रणमा ।

कम्पनीसँग पैसा सकिएपछि विश्व भ्रमण रोकिएको ।

गत महिना कम्बोडियामा झन्डै २०० यात्रु अलपत्र परेका ।

जहाजले साढे तीन वर्षमा १५० देश घुम्ने लक्ष्य राखेको थियो ।

अदालतको आदेशपछि जहाज नियन्त्रणमा, चालक दल सुरक्षित ।

एजेन्सी । विश्व भ्रमणमा निस्किएको अमेरिकी विलासी पानीजहाज ‘द ओडिसी’ लाई सिङ्गापुरमा नियन्त्रणमा लिइएको छ । जहाज सञ्चालन गर्ने कम्पनी आर्थिक संकटमा परेपछि गत महिना कम्बोडियामा झन्डै २०० यात्रु अलपत्र परेका थिए ।

सन् २०२४ अक्टोबरमा उत्तरी आयरल्यान्डको राजधानी बेलफास्टबाट यात्रा सुरु गरेको उक्त पानीजहाजले साढे तीन वर्षमा १५० देश भ्रमण गर्ने लक्ष्य राखेको थियो । तर इन्धनको मूल्य अत्यधिक बढेको कारण देखाउँदै जहाजको स्वामित्व रहेको कम्पनी ‘भिल्ला भि रेसिडेन्सेस’ ले भ्रमण स्थगित गरेको थियो ।

यात्रा रोकिएपछि कम्बोडियामा झन्डै २०० यात्रुलाई जहाजबाट ओर्लन बाध्य पारिएको थियो । त्यसपछि जहाज सिङ्गापुर पुगेको हो । स्थानीय अधिकारीहरूका अनुसार अहिले यो सिङ्गापुरको बन्दरगाहमा रोकिएको छ ।

सिङ्गापुर पोर्ट अथोरिटीका अनुसार जहाजका चालक दलका सदस्यहरू सुरक्षित छन् । उनीहरूको बसोबास र हेरचाहको व्यवस्था जहाजका ऋणदाताहरूले गरिरहेका छन् ।

अदालतको आदेशअनुसार जहाज नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । जफतसम्बन्धी प्रक्रियाको रेखदेख गर्न सिङ्गापुरस्थित कानुनी संस्था ‘हेल्म्सम्यान एलएलसी’ नियुक्त गरिएको छ । यद्यपि उक्त संस्थाले कुन पक्षको प्रतिनिधित्व गरिरहेको छ भन्ने स्पष्ट भइसकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.