भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

संसदको दुवै सदनको संयुक्त बैठक बस्दै

संसदको दुवै सदनको संयुक्त बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ ।संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न संयुक्त बैठक बुधबार अपराह्न बस्न लागेको हो ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त बैठकबारे जानकारी दिएका थिए । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा गत जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राखिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले नीति, कार्यक्रमलाई गतिहीन दस्तावेज भनेर संज्ञा दिएका छन् । अरू विपक्षी दलका सांसदहरूले कार्यान्वयनमा शंका व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बहुमतले नीति, कार्यक्रम पारित गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.