भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारीलाई कडा चेतावनी, टिकटक बनाए कारबाही गरिने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारीलाई कडा चेतावनी, टिकटक बनाए कारबाही गरिने

काठमाण्डौ । निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गरिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक बनाए कारबाही गरिने चेतावनी दिएको हो ।

कार्यालयसँग सम्बन्धित कामबारे समेत टिकटक नबनाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । निजामती कर्मचारीले यस्ता नियम उल्लङ्घन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले मन्त्रालयले यस्तो कदम चालेको मन्त्रालयले जनाएको छ । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको गाडी प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.