दाङ । जीप दुर्घटना हुँदा प्युठानमा आठ जना घाइते भएका छन् । प्युठानको भिंगृमा स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका जीप दुर्घटना हुँदा आठ जना घाइते भएका हुन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जीपमा दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । जीप घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । तीर्थयात्री चढेको लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेको हो ।
