सचिवालययले बैठक तोकेकै समयमा ओलीले बोलाए मन्त्रिपरिषद्

सचिवालययले बैठक तोकेकै समयमा ओलीले बोलाए मन्त्रिपरिषद्

काठमाडौँ । बुधबार नेकपाको सचिवालय बैठकको मिति तय भएको छ । यसबारे नेकपाका सबै सदस्य जानकार छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिउँसो १ बजे सचिवालय बैठक बस्ने समय तय भएको जानकारी दिए ।

तर नेकपा अध्यक्ष केपी शर्मा ओलीले यहि समय बुधबार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मंगलबार राति मन्त्रीहरुलाई बैठकबारे जानकारी दिएको र बैठकका एजेण्डाबारे कुनै जानकारी नभएको मन्त्रीहरुले बताएका छन् । कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो ।

तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए। अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अध्यक्ष प्रचण्डलाइ भेटेका थिए ।मंगलबार राति नै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी र प्रधानमन्त्री ओलीको भेटघाट भएको थियो । यान्छी भेटलगत्तै प्रम ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटे ।

 


Thali Mobile Pvt.Ltd.