भर्खरै : Sorry, your browser does not support inline SVG.
फेवातालमा डुबेर १९ वर्षीय युवकको मृत्यु | सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती | लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहर जारी, पहाडी क्षेत्रमा वर्षाको सम्भावना | काठमाडौँसहित ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, साढे पाँच लाखभन्दा बढी पन्छी नष्ट | रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक |

सञ्चार मन्त्रालयका उच्च पदस्थ सचिव कृष्णबहादुर राउत ललिता निवास प्रकरणमा पक्राउपछि तरंग

सञ्चार मन्त्रालयका उच्च पदस्थ सचिव कृष्णबहादुर राउत ललिता निवास प्रकरणमा पक्राउपछि तरंग

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा संलग्न उच्च पदमा रहेका व्यक्ति समातिन थालेका छन् । उक्त प्रकरणमा संलग्न बहालवाला सचिव आइतबार राजधानी छाड्नै लाग्दा पक्राउ परे । पक्राउ पर्ने बहालवाला सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत हुन् ।

काठमाडौंबाट विराटनगर जानै लागेका राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ऋग्द्यको टोलीले नियन्त्रणमा लिएको हो । राउत ललिता निवास प्रकरणमा पक्राउ पर्ने हालसम्मका सबैभन्दा उच्च पदस्थ कर्मचारी हुन् ।

माओवादी केन्द्र नेतृत्वको सरकारले नै तत्कालीन सञ्चार सचिव बैकुण्ठ आर्याल (हालका मुख्यसचिव)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर राउत आफू निकट भनेर ल्याइएको थियो । सञ्चारमन्त्री रेखा शर्माले नै आफ्नै पहलमा राउतलाई मन्त्रालयमा ल्याएकी थिइन् ।

सञ्चार सचिव राउत यती एयरलाइन्सको उडान नम्बर ७९३ बाट विराटनगर जान आइतबार विमानस्थल पुगेका थिए । बोर्डिङ पास लिएर उनी जहाजको प्रतीक्षामा थिए । साढे ४ बजेको नियमित उडानमा विराटनगर जाने तयारीमा रहेका राउतको जहाज झन्डै ४० मिनेट ढिलो गरी उड्ने तयारीमा रहेको थियो ।

राउतलाई दिउँसैदेखि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले निगरानीमा राखेको थियो। यती एयरलाइन्सका कर्मचारीले बोर्डिङ चेक गरेर राउतलाई विमान चढ्न पठाइरहेका थिए । सोही बेला केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सचिव राउतलाई ५ः१० मा नियन्त्रणमा लियो।

केहीबेर विमान पर्खिरहेका अन्य यात्रुहरूबीच पनि कानेखुसी चलेको थियो । ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका सञ्चारसचिव राउतविरुद्ध प्रहरीले यसअघि नै पक्राउ पुर्जी थमाएको थियो । राउत २०६६ साल कात्तिकदेखि २०६७ सा फागुनसम्म शाखा अधिकृत थिए।

त्यही समय प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलगायत विशिष्ट व्यक्तिको निवास विस्तार गर्ने नाममा जग्गा सट्टाभर्ना सम्बन्धी निर्णय भएको थियो । माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला मन्त्रिपरिषद्ले यो विषयमा तीनवटा निर्णय गरेको थियो ।

भौतिक योजना मन्त्रालयको प्रस्तावमा २०६६ चैत २९ गते, २०६७ वैशाख ३१ मा मन्त्रिपरिषद्बाट सट्टाभर्नासम्बन्धी निर्णयमा निर्णय भयो । ती निर्णयबाट प्रस्ताप भएको मिसिलको टिप्पणी हालका सञ्चार सचिव राउत शाखा अधिकृत हुँदा टिप्पणी उठाएका थिए ।

असार १२ यता ललिता निवास प्रकरणमा १५ जना पक्राउ परेका छन्। जसमा १२ हिरासतमा छन् भने ३ जना छुटेका छन्। पक्राउ पर्नेमा भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ, समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही बनेका देवनारायण महर्जन, नक्कली मोही बाबुराजा महर्जन,

नापी कार्यालयका तत्कालीन कर्मचारी घमनकुमार कार्की, तत्कालीन वडासचिव शिवजी भट्टराई, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्की छन्। आइतबार सञ्चार सचिव कृष्णबहादुर राउत, धुव्रप्रसाद अर्याल र लोकहरि घिमिरे पक्राउ परे।

 


Thali Mobile Pvt.Ltd.