भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह | बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन | हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव |

अखाद्य सामग्री बिक्री गर्ने जो सुकैलाई कामनपाको चेतावनी, आकाश फुड्सलाई १ लाख ५० हजार जरिबाना

अखाद्य सामग्री बिक्री गर्ने जो सुकैलाई कामनपाको चेतावनी, आकाश फुड्सलाई १ लाख ५० हजार जरिबाना

काठमाण्डौ । लाजिम्पाटको आकाश फुड्स पसललाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिरेको छ । काठमाण्डौ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै पसल सञ्चालक अङ्कुर अग्रवाललाई जरिवाना तिराएको हो । महानगरपालिकाले उक्त पसल सञ्चालकलाई सात दिनभित्र एनआईसी एसिया बैङ्कमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जरिबानाबापतको रकम जम्मा गरी बैङ्क भौचरको दोस्रो प्रति महानगरपालिकामा पेस गर्न पनि निर्देशन दिइएको जनाएको छ ।

सञ्चालकले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री गरेको पाएपछि एक लाख ५० हजार रुपैयाँ जरिबाना गरेको महानगरले जनाएको छ ।
तोकिएको समयभित्र जरिबाना बापतको रकम नबुझाए थप कारबाही हुने महानगरपालिकाले चेतावनी समेत दिएको छ ।

कामपाले आफ्नो अधिकार क्षेत्रभित्रमा ठाउँमा जथाभाबी फोहर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहर मिसाउनेलाई नियमित अनुगमन गरी कारबाही गर्न थालेको छ ।

यतिमात्रै होइन महानगरपालिकाको वडा नं ६ बौद्धका गोकुलबहादुर बुढाथोकीलाई पनि ५० हजार रुपैयाँ जरिबाना तिराइएको छ । सेफ्टी ट्याङ्कीको फोहर ढलमा मिसाएको पाइएपछि बुढाथोकीलाई जरिबाना तिराइए महानगरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.