भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

अखाद्य सामग्री बिक्री गर्ने जो सुकैलाई कामनपाको चेतावनी, आकाश फुड्सलाई १ लाख ५० हजार जरिबाना

अखाद्य सामग्री बिक्री गर्ने जो सुकैलाई कामनपाको चेतावनी, आकाश फुड्सलाई १ लाख ५० हजार जरिबाना

काठमाण्डौ । लाजिम्पाटको आकाश फुड्स पसललाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिरेको छ । काठमाण्डौ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै पसल सञ्चालक अङ्कुर अग्रवाललाई जरिवाना तिराएको हो । महानगरपालिकाले उक्त पसल सञ्चालकलाई सात दिनभित्र एनआईसी एसिया बैङ्कमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जरिबानाबापतको रकम जम्मा गरी बैङ्क भौचरको दोस्रो प्रति महानगरपालिकामा पेस गर्न पनि निर्देशन दिइएको जनाएको छ ।

सञ्चालकले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री गरेको पाएपछि एक लाख ५० हजार रुपैयाँ जरिबाना गरेको महानगरले जनाएको छ ।
तोकिएको समयभित्र जरिबाना बापतको रकम नबुझाए थप कारबाही हुने महानगरपालिकाले चेतावनी समेत दिएको छ ।

कामपाले आफ्नो अधिकार क्षेत्रभित्रमा ठाउँमा जथाभाबी फोहर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहर मिसाउनेलाई नियमित अनुगमन गरी कारबाही गर्न थालेको छ ।

यतिमात्रै होइन महानगरपालिकाको वडा नं ६ बौद्धका गोकुलबहादुर बुढाथोकीलाई पनि ५० हजार रुपैयाँ जरिबाना तिराइएको छ । सेफ्टी ट्याङ्कीको फोहर ढलमा मिसाएको पाइएपछि बुढाथोकीलाई जरिबाना तिराइए महानगरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.