सडकमा दूध पोखेर सरकार तर्साउँने किसानको आन्दोलन अझै रोकिएन

सडकमा दूध पोखेर सरकार तर्साउँने किसानको आन्दोलन अझै रोकिएन

काठमाडौँ । दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानहरूलाई दिनुपर्ने बक्यौता भुक्तानी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुरुन्त दिने व्यवस्था मिलाउन निर्देशन दिए ।

अर्थमन्त्री डा. प्रकाश शरण महत, कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दुग्ध किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीले निर्देशन दिए । तर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनमा आएन ।

किसानले दूधको भुक्तानी नपाएपछि फेरी दूधको भुक्तानी माग गर्दै देशभरका दुग्ध उत्पादक किसान आन्दोलित भएका छन् । बिहीबारदेखि किसानले राजमार्ग केन्द्रित आन्दोलन थालेका छन् । किसानले विभिन्न जिल्लामा राजमार्ग केन्द्रित प्रदर्शन गरिरहेका छन् । अहिले ६४ जिल्लाका दूध सहकारी संघले राजमार्ग केन्द्रित आन्दोलन गरेर सडकमा दूध पोखेका दृश्य देख्न सकिन्छ ।

मकवानपुरका किसानले राजमार्गमा शान्तिपूर्वक पैदल यात्रा गरेर दूधको भुक्तानी माग गरेका छन् भने भक्तपुरका किसानले भैँसीसहित प्रदर्शन गरेका छन् । बर्दियाका किसानले सदरमुकाम गुलरियामा प्रदर्शन गरेका छन् । यस्तै नवलपरासीका किसानले राजमार्ग अवरुद्ध पारेर सडकमै दूध खन्याएर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

काभ्रेका दूध उत्पादक किसानले कृषि मन्त्रीको राजीनामा माग्दै निःशुल्क दूध वितरण गरेका छन् । उता धनकुटाका किसानले हिले बजारमा चक्काजाम गरेका छन् । यसै गरी रौतहट, बाराका किसान सडक आन्दोलनमा उत्रिएका छन् । कैलालीमा किसानले सडकमा दूध पोखेर चक्काजाम गरेका छन् ।

संघले फागुन १३ मा राजनीतिक दलका शीर्ष नेता र प्रमुख सचेतकलाई माग पत्र बुझाएका थिए । दूध किसानले चार महिनायताको करिब ७ अर्ब रकम भुक्तानी पाउन बाँकी रहेको जनाएका छन् । डेरी उद्योग संघ र डेरी एसोसिएसनको करिब ६ अर्ब तथा डीडीसीको ९० करोड गरी झन्डै ७ अर्ब रुपैयाँ किसानले दूधको भुक्तानी पाउन सकेका छैनन् ।

१५र१५ दिनमा किसानको दूधको भुक्तानी हुनुपर्ने हो । तर, किसानको चार महिनादेखिको भुक्तानी रोकिएको छ । दुग्ध क्षेत्रमा प्रत्यक्षरअप्रत्यक्ष करिब ३० लाख परिवार संलग्न रहेको राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्याङ्क छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.