सत्तागठबन्धनको पहिलो बैठक आज

सत्तागठबन्धनको पहिलो बैठक आज

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक आज बस्दै छ । चुनावी समीक्षा र नयाँ सरकार निर्माण तथा पावर सेयरिङबारे छलफल हुने स्रोतको भनाइ छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पद प्याकेजमै टुंग्याउने तयारी गठबन्धन दलहरूले गरिरहेका छन् । बैठक दिउसो ३ बजेका लागि तय भएको छ । माओवादी र एकीकृत समाजवादीले चुनावी नतिजा अपेक्षाकृत नभए पनि गठबन्धन सफल भएको प्रारम्भिक समीक्षा गरेका छन् ।

उनीहरूले हालको गठबन्धनलाई नै पहिलो विकल्पका रूपमा प्राथमिकता दिने निर्णय गरेका छन् । कांग्रेस र जनमोर्चाले चुनावी समीक्षा गर्न बाँकी छ । चुनावी समीक्षा, आगामी रणनीतिलगायतका बारे बैठकमा छलफल हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

गठबन्धनको बैठकमा धेरै कुराको छलफल हुने माओवादीका महासचिव देव गुरुङले बताए । पार्टीका सीमा र कमी–कमजोरीलाई आगामी दिनमा सुधार गरेर अगाडि बढ्ने सबैको धारणा रहेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.