भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सन्दीपलाई एक हप्ता हिरासतमा राख्न अनुमति

सन्दीपलाई एक हप्ता हिरासतमा राख्न अनुमति

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । २० गतेबाट गणना हुने गरी म्याद थप गरेको हो ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको थियो । दशैं बिदाका कारण अदालत बन्द रहेकाले सोमबार मात्रै म्याद थपका लागि अदालत लगिएको हो ।

सन्दीपले इजलासमा आफू निर्दोष रहेको प्रमाणहरु प्रस्तुत गरेको बताइएको छ । २७ गते अदालतमा फेरि हाजिर हुने शर्तमा सात दिनको लागि म्याद थपिएको हो ।

अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई दशैंको भोलिपल्ट नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.