भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्ष घोषणा,नगरकोटलगायत पर्यटकीय क्षेत्रहरुलाई विकास गर्न बजेट व्यवस्थापन

सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्ष घोषणा,नगरकोटलगायत पर्यटकीय क्षेत्रहरुलाई विकास गर्न बजेट व्यवस्थापन

काठमाडौं । बागमती प्रदेश सरकारले बागमती प्रदेशको धार्मिक, साँस्कृतिक पर्यापर्यटन तथा ग्रामीण पर्यटनको प्रवर्द्धन एवं विकासका लागि सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रूपमा मनाउने भएको छ । शुक्रबार बजेट सार्वजनिक गर्दै बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा (तामाङ) बताएका हुन ।

प्रदेश सरकारले विकास र पहिचान हुन बाँकी प्रदेश भित्रका महत्वपूर्ण ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्रहरूलाई प्रदेशस्तरीय प्रमुख पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्दै लग्ने बजेटमा समावेश गरेको छ । आगामी आर्थिक वर्ष नुवाकोटको नौकोट, साततले दरवार, भैरबी मन्दिर, जाल्पा मन्दिर, चिम्टेश्वरी, दुप्चेश्वर मन्दिर, उत्तरगया धाम, ककनी, रसुवाको गोसाईकुण्ड, लाङ्टाङ हिमाल क्षेत्र, गणेश हिमाल क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न कार्यक्रम संचालन गरिने प्रदेश सरकारले बजेटमा व्यवस्था गरेको छ ।

काभ्रेको नमोबुद्ध चैत्य परिसरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गरिने, सिन्धुपाल्चोकको पाँचपोखरी, दोलखाको भिमेश्वर, कालिन्चोक, जिरी, ललितपुरको सन्तानेश्वर मन्दिर, लाकुरीभञ्ज्याङ, गोल्डेन टेम्पल, काठमाडौंको शालीनदी, सिन्धुलीको सिन्धुलीगढी, भक्तपुरको नगरकोट, मकवानपुरको मकवानपुरगढी क्षेत्र, चितवनको इच्छाकामना मन्दिर क्षेत्र र धादिङको त्रिपुरासुन्दरीलाई विशेष पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै लगिने प्रदेश सरकारले बजेटमा उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.