भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

सन् २०४६ देखि लागू हुने, नाटोले सुरक्षा बजेट वृद्धि गर्ने निर्णय

सन् २०४६ देखि लागू हुने, नाटोले सुरक्षा बजेट वृद्धि गर्ने निर्णय

एजेन्सी, १२ असार । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) ले सुरक्षा खर्चमा ५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ। सन् २०४६ देखि लागू हुनेगरी गरिएको निर्णय नाटो शिखर सम्मेलनमा सहमति गरिएको हो।

नेदरल्यान्ड्सको हेगमा जारी सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस निर्णयलाई “अमेरिका र पश्चिमी सभ्यताको ठूलो जीत” को रूपमा व्याख्या गरेका छन्। उनले निरन्तर एक महिनादेखि दबाब दिँदै आएको जनाउँदै बीबीसीले ट्रम्पको उद्धरण दिएको छ।

नाटोका सदस्य राष्ट्रहरूद्वारा जारी संयुक्त वक्तव्यमा रुस तथा विद्रोहीहरूबाट उत्पन्न बढ्दो चुनौतीका कारण सुरक्षा संयन्त्र बलियो बनाउन खर्च वृद्धि अपरिहार्य भएको उल्लेख गरिएको छ।

यस्तै, सम्मेलनमा राष्ट्रपति ट्रम्पले इरानमाथि अमेरिकाले हालै गरेको आक्रमणको तुलना दोस्रो विश्वयुद्धको हिरोशिमा–नागासाकी आणविक बम आक्रमणसँग गरेका छन्।

उनको दाबी अनुसार, “त्यसबेला जस्तै हाल इरानको आणविक केन्द्रमा गरिएको हमला इजरायल–इरान युद्ध अन्त्य गर्न निर्णायक बनेको छ।”

 


Thali Mobile Pvt.Ltd.