भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गाजामा भीषण आक्रमण : ८० को मृत्यु, ४०० घाइते

गाजामा भीषण आक्रमण : ८० को मृत्यु, ४०० घाइते

एजेन्सी, १२ असार । युद्धविराम प्रयासका बाबजुद इजरायली सेनाले गाजामा आक्रमण जारी राख्दा कम्तीमा ८० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। यस आक्रमणमा ४०० भन्दा बढी घाइते भएको अलजजिराले जनाएको छ।

यसैबीच, इजरायली सेनाले नाब्लसबाट १४ प्यालेस्टिनीहरूलाई गिरफ्तार गरेको छ, जसमा पत्रकार मुजाहिद तबान्जा पनि परेका छन्।हमास र इजरायलबीच युद्धविराम तथा बन्धक रिहाइका लागि प्रयास भइरहे पनि ठोस उपलब्धि नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बीबीसीका अनुसार, हमासका एक वरिष्ठ अधिकारीले मध्यस्थकर्ताहरूले युद्धविरामका लागि प्रयास तीव्र बनाएका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकफले दुवै पक्षबीचको सम्झौता नजिकिएको बताएका थिए।

यद्यपि, इजरायली अधिकारीले वार्तामा खासै प्रगति नभएको र मुख्य विषयमा असहमति कायमै रहेको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.