भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

छोरोल्पा ताल: संरक्षण र जलवायु परिवर्तनबारे स्थानीय र विज्ञको संवाद

छोरोल्पा ताल: संरक्षण र जलवायु परिवर्तनबारे स्थानीय र विज्ञको संवाद

काठमाडौँ, १२ असार । दोलखाको गौरीशंकर गाउँपालिका–९ मा अवस्थित च्छोरोल्पा तालको संरक्षण र जलवायु परिवर्तनको असर विषयमा तीनदिने संवाद कार्यक्रम सम्पन्न भएको छ।

असार ५, ६ र ७ गते सिंगटीमा आयोजित ‘च्छोरोल्पा संवाद’ मा स्थानीय, विज्ञ, सरोकारवाला तथा वन अधिकारीहरूबीच गम्भीर छलफल भएको हो। कार्यक्रमका संयोजक तथा धादिङ डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यका अनुसार, जलवायु परिवर्तनले हिमनदीहरूलाई तीव्र गतिमा पगाल्दै लगेपछि च्छोरोल्पा तालको आकार विस्तार हुँदै गएको छ।

यसले भविष्यमा हिमताल विस्फोट (Glacial Lake Outburst Flood – GLOF) को जोखिम बढाउने संकेत देखिएको छ। नेपालको सबैभन्दा ठूलो हिमताल मानिने च्छोरोल्पा ताल ४,५८० मिटर उचाइमा स्थित छ र वैज्ञानिक दृष्टिले अति संवेदनशील क्षेत्रको रूपमा चिनिन्छ। गौरीशंकर तथा पुलिस हिमशृङ्खलाको काखमा रहेको यो ताल जलवायु, पर्यटन, संस्कृति र जैविक विविधताको संगमस्थलसमेत हो।

गाउँपालिका अध्यक्ष विश्वास कार्कीका अनुसार, तालको संरक्षण, जोखिम न्यूनीकरण तथा पर्यटक पूर्वाधार निर्माणमा स्थानीय सरकार सक्रिय रहेको छ। सहभागीहरूले च्छोरोल्पालाई साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने र जलवायु सचेतनालाई समावेश गर्ने प्रस्ताव अघि सारेका छन्।

 


Thali Mobile Pvt.Ltd.