काठमाडौं । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।
विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएपछि सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो । काठमाडौंको गोंगबुबाट बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएपनि सपनाले अभद्र वयवाहार गरेका कारण उजुरी दिएको बताएकी छन् । जव सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परिन त्यसपछि उनीहरुको सम्बन्ध बिग्रिदै गएको थियो ।
