राजविराज । लोक आस्थाको पर्व छठ सुरु भएको छ।अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने चार दिवसीय छठ पर्व आज बुधबार नहाई खाई बिधिवत सुरु भएको छ ।
छठ पर्व बिहीबार खरना, शुक्रबार सझिया घाट र शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन हुनेछ । कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले छठ पर्वमा बढी भिडभाड नगर्न तथा घरमै मनाउन एक सूचनामार्फत सबैसँग अपिल समेत गरेको छ ।
भिडभाड नगरि घर परिवारमै छठ पर्व मनाउन निर्देशन र आग्रह गरेकाले यस पल्ट छठ घाट सरसफाईमा सुरक्षाकर्मी नखटेको एक सुरक्षा अधिकारीले बताए ।
