भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सभापति देउवाको संसदमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन

सभापति देउवाको संसदमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सांसदहरूलाई संसदमा महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकबाट सभापति देउवाले उक्त निर्देशन दिएका हुन । काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई औपचारिक पोशाक लगाएर मात्रै संसद् बैठकमा सहभागी हुन निर्देशन दिए । उनले संसदीय दलको बैठकमा समेत दौरा, कोट, प्यान्ट र सारी लगाएर आउन आग्रह गरे ।

अर्को बैठक २६ गते बिहान ९ बजे बस्ने बताइएको छ । उक्त बैठकले सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने छ । सभापति देउवाले पार्टीका नवनिर्वाचित सांसदहरूलाई बधाइ समेत दिएका थिए । बैठकपछि प्रतिक्रिया दिदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताए ।

संसदका दोस्रो, तेस्रो लगायत अन्य दलहरुले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारे । महामन्त्री थापाले नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने जानकारी समेत दिए ।

 


Thali Mobile Pvt.Ltd.