समाजसेवी प्रा.डा.जगदीश वैद्यलाई रानीकोटमा भव्य स्वागत

समाजसेवी प्रा.डा.जगदीश वैद्यलाई रानीकोटमा भव्य स्वागत

भक्तपुर । जे.भी फाउन्डेशनका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यले भक्तपुरको रानीकोट भ्रमण गरेका छन् । नेपालको पर्यटन प्रवद्धन गर्न र पर्यटकीय स्थलको अवस्था अवलोकन गर्न भक्तपुरको सूर्यविनायक नगरपालिकाको सल्लाहकार समेत रहेका अध्यक्ष डा.वैद्यले मंगलबार भक्तपुरको रानीकोटको भ्रमण गरेका हुन् ।

रानीकोटमा अवस्थित भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक तथा जे पाक्छ त्यही विक्छ अभियानका अभियान्ता रामसुन्दर वकेले नेवारी परम्परा अनुसार दहीको टीका र भादगाउँले टोपीले स्वागत गरेका थिए । भ्रमण्का क्रममा उनले भक्तपुरको रानीकोट पुगेर आफूलाई निकै राम्रो लागेको र यहाँको भौतिक विकासका लागि आफूले पनि पहल चाल्ने बताए ।

उनले आफ्नो जेभी फाउण्डेशनले पनि नेपाल भरी विभिन्न गतिविधिहरु गरिरहेको जानकारी दिदै पर्यटन क्षेत्रमा पनि जे.भी फाउण्डेशनले महत्वपूर्ण योगदान गरेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.