काठमाडौँ । नागरिकबाट भएको शान्तिपूर्ण आन्दोलनमा सरकारले निर्मम दमन गरेको छ । बृहत् नागरिक आन्दोलन र मानव अधिकारवादीले सोमबार छुट्टाछुट्टै कार्यक्रम गरेको बेला सरकारले अत्याधिक बल प्रयोग गरेको हो ।
बालुवाटारमा बृहत् नागरिक आन्दोलनले गरेको मार्चपासका सहभागीलाई धरपकड गर्दै प्रहरीले कवि, कलाकार, लेखक, पत्रकार, कानुन व्यवसायी, बुद्धिजीवीलगायतलाई लाठी हानेको हो ।
अन्धाधुन्ध लाठी बर्साउनु ओली सरकारको पराकाष्टा भएको नागरिकले बताएका छन् । कुटाइबाट दर्जनभन्दा बढी घाइते भएका छन् । नागरिक आन्दोलनले ६ जनाको अवस्था गम्भीर भएको छ ।
