भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकार चुनावमा होमिरहेका बेला दलहरु देशभर आन्दोलन र विरोध प्रदर्शनमा

सरकार चुनावमा होमिरहेका बेला दलहरु देशभर आन्दोलन र विरोध प्रदर्शनमा

काठमाडौं । सरकारको निर्देशनपछि निर्वाचन आयोग चुनावको तयारीमा जुटेका बेला दलहरु भने देशभर विरोध प्रदर्शन गरेर आन्दोलनमा होमिएका छन् ।

प्रचण्ड–माधव पक्षको नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेकै भोलिपल्ट नेकपा केपीओली पक्षले यही २३ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने जनाएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा दलहरु सडकमा आएका बेला सरकार भने लाठी चार्ज र पानीका फोहोरा हानेर तहलाउने सपना देखिरहेको छ ।

यहीबीचमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम एकीकृत रुपमा गरेर केपी कूको विरोध गरिने नेपाली काँग्रेसले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.