भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकार र सम्बन्धित निकायहरुले मागहरु पूरा नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा

सरकार र सम्बन्धित निकायहरुले मागहरु पूरा नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा

काठमाडौं । भर्ना प्रक्रियामाबिरुद्ध चिकित्सकहरुले मंगलबार शान्तिपूर्ण प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा आयोगले एमडी(एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियामा बारम्बार आक्रमण गरेको चिकित्सकहरूले आरोप लगाउँदै मंगलबार माईतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन ।

उनीहरुले एमडी एमएसको प्रवेश परीक्षाको नतिजामा वैज्ञानिक व्यवस्थापन हुन नसकेको बताएका छन् । योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको उनीहरको दाबी छ ।

चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको जानकारी दिए । मंगलबार २२ औं दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरुले आफ्ना मागहरु पूरा नगरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.