भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

सरकार र सम्बन्धित निकायहरुले मागहरु पूरा नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा

सरकार र सम्बन्धित निकायहरुले मागहरु पूरा नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा

काठमाडौं । भर्ना प्रक्रियामाबिरुद्ध चिकित्सकहरुले मंगलबार शान्तिपूर्ण प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा आयोगले एमडी(एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियामा बारम्बार आक्रमण गरेको चिकित्सकहरूले आरोप लगाउँदै मंगलबार माईतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन ।

उनीहरुले एमडी एमएसको प्रवेश परीक्षाको नतिजामा वैज्ञानिक व्यवस्थापन हुन नसकेको बताएका छन् । योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको उनीहरको दाबी छ ।

चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको जानकारी दिए । मंगलबार २२ औं दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरुले आफ्ना मागहरु पूरा नगरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.