भर्खरै : Sorry, your browser does not support inline SVG.
हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन |

सर्लाहीको पर्साबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सर्लाहीको पर्साबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाण्डौ । हतियारसहित सर्लाहीबाट दुई जना पक्राउ परेका छन् । सर्लाहीको पर्सा नगरपालिकाबाट हतियार सहित दुई जना पक्राउ परेका हुन । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा राति उनीहरु पक्राउ गरेको सशस्त्र प्रहरी बल संग्रामपुरले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । हतियार सहित पक्राउ पर्नेमा
पर्नेमा जीवनकुमार यादव र प्रकाश यादव रहेका छन् ।

भारतीय नम्बर प्लेटको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा नेपाल आएका सर्लाही हरिपूर्वा नगरपालिका–६ खरमारका २३ वर्षीय जीवनकुमार यादवलाई एक थान पेस्तोल र १५ राउन्ड गोली तथा २० वर्षीय प्रकाश यादवलाई एक थान नलकटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.