भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

सर्लाहीमा निषेधाज्ञा जारी, स्थिति नियन्त्रण बाहिर

सर्लाहीमा निषेधाज्ञा जारी, स्थिति नियन्त्रण बाहिर

सर्लाही । प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले मङ्गलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।

बुधबार साँझ ७ बजेसम्मका लागि इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व ईश्वरपुर नगरपालिका ४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर नगरपालिका ८ रामपुर टोलसम्म, उत्तरमा वडा नं. ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको अवधीमा कुनै भेला, बाहिर हिँड्डुल र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सार्वजनिक सम्पतिमा तोडफोड, आगजनीलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा असर पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले बताए ।

पीडित पक्षसँगको वार्तामा कुनै सहमती हुन नसकेको र आन्दोलत नियन्त्रण बाहिर गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ । निषेधाज्ञाकैबीच स्थानीयवासीले बयलवास बजारमै रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज अगाडि नाराबाजी गरेका छन् ।

आन्दोलित स्थानीयवासी र प्रहरीबीच बारम्बार झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँससहित हवाइ फायर गरेपनि प्रदर्शन रोकिएको छैन ।

 


Thali Mobile Pvt.Ltd.